बिहिबार, बैशाख २०, २०८१

माओवादी केन्द्रीय समिति बैठक: एक साताभित्र पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाइ

काठमाडौं असार २३,
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको राजधानीमा जारी केन्द्रीय समितिको बैठकले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो सदस्य समिति र ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई पोलिटब्यूरोमा समावेश गरेको जनाउ दिनुभएको हो ।

त्यस्तै पार्टीको स्थायी समितिमा अध्यक्ष प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेललगायतका नेता समेटिएका छन ।

साथै माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एक साताभित्र पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिनुको अलावा बैठकले गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनमा वाम क्रान्तिकारी पार्टीबीचमा एकता र ध्रुवीकरणमा जोड दिँदै वाम लोकतान्त्रिक गठबन्धनमा आधारित रहेर आगामी निर्वाचनमा सहभागी हुने कार्ययोजना समेत तय गरेको छ ।