काठमाडौं असार १९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछल्लो २४ घण्टामा थप ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ।
मन्त्रालयले ११ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ३९ र ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ गरेर ५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो।
त्यस्तै मन्त्रालयले सक्रिय सङ्क्रमितको सख्या ह्वात्तै बढेर रहेको ३३३ जना पुगेको जनाएको छ भने यसमध्ये काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।