बाजुराको बूढीगङ्गा नगरपालिकामा भने स्थानीय तहको पुनः निर्वाचन हुन बाँकी
काठमाडौ असार १७,
देशका ७७ जिल्लामध्ये बाजुरा बूढीगङ्गा नगरपालिकाको वाहेक ७६ जिल्लाको जिल्ला समन्वय समितिको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेसले ७६ मध्ये ३४ जिल्लाको जिल्ला समन्वय समितिको प्रमसखमा निर्वाचित भएको छ भने प्रमुख प्रतिपक्षीदल नेकपा एमाले २० वटा जिल्लाको प्रमुख जितेका छन ।
त्यस्तै सत्ता साझेदार दल माओवादी केन्द्रले १०, नेकपा एसले छ र जसपाले ३ वटा जिससमा आफ्नो उम्मेदवार निर्वाचित गराउँन सफल भएका छन । बाजुराको बूढीगङ्गा नगरपालिकामा भने स्थानीय तहको पुनः निर्वाचन गर्नुपर्ने भएकाले जिससको निर्वाचन हुन सकेको छैन । त्यस्तै लोसपाले १ राजमोले १ जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका छन ।