शुक्रबार, चैत्र १६, २०८०

स्रोत नखुलेको ४५ लाख ९७ हजार सहित चार जना पक्राउ

कास्की असार १७,
वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका १७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका९७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका  छन ।

प्राप्त सूचनाको आधारमा अनुसन्धान सहित तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त स्रोत नखुलेको नगदसंगै ४ थान मोबाईल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद भएको जनाएको छ।
साथै पक्राउ परेको अभियुक्त उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।