मङ्लबार, जेष्ठ ८, २०८१

प्रम देउवा नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन, नव नियुक्त मन्त्रीको शपथ सोमबार

काठमाडौं असार १२ ,
काँग्रेस सभापति शेरवहादुर देउवाले आफु नेतृत्वको गठबन्धन सरकारको संरचनामा पुनर्गठन गर्नुभएको छ। एकीकृत समाजवादीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने विषयमा सचिवालय बैठकको निर्णय पारित गर्दै पार्टीबाट मन्त्री बनेका नेतालाई फिर्ता बोलाएर नयाँ अनुहार पठाएसंगै प्रम देउवाले मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

प्रम देउवाले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका ४ मन्त्रीलाई हेरफेर गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

प्र म देउावाले पुनर्गठित मन्त्री परिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त गर्नुभएको छ। नेकपा एसले यसअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका खापुङलाइ फुल मन्त्रीको जिम्मेवारी दिएको हो ।

यसअघि प्रस्तुत मन्त्रालयमा क्रमस गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले जिम्मेवारीमा रहेको थियो ।