बुधबार, बैशाख १९, २०८१

 निर्वाचित हुँदै गरेका महानगर प्रमुख वालेनलाइ महानगरवासीले चेतावनी सहितको गर्यो यस्तो आग्रह

काठमाडौं जेठ ११

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगरको प्रमुखमा पहिलो पटक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यसअघि दलीय नेतृत्वले सम्हाल्दै आएको काठमाडौं महानगरको प्रमुखमा सम्पन्न् निर्वाचन मार्फत स्वतन्त्र उम्मेदवार वालेन्द्र निर्वाचित हुँने प्राय निश्चित भएको हो ।

यसअघि महानगरको नेतृत्व गर्दै आएको राजनैतिक दल नेकपा एमालेका उम्मे्दवार केशव स्थापित र सत्ता गठबन्धनी उम्मेदवार श्रृजना सिंहलाइ भारी मतान्तरमा पराजित गर्दै वालेनले महानगरको प्रमुखको जिम्मेवारी लिन लागेको हो ।

त्यस्तै काठमाडौं महानगरको मतगणना सम्बन्धी प्राप्त पछिल्लो मतणना अपडेट अनुसार १ लाख ६६ हजार ३१३ मतगणना हुँदासम्म महानगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार २१३ मत ल्याउनुभएको छ । कांग्रेसका सिर्जना सिंहको ३४ हजार १८० र एमालेका केशव स्थापितको ३३ हजार ९०४ मत रहेको जानकारीदिदै निर्वाचन अधिकृतको कार्यालयले अहिले वडा नं। १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना कार्य जारी रहेको जनाएको छ ।

पेशाले इन्जिनियर रहेको विजय उन्मुख  ३३ वषीएय उम्मेदवार वालेनले मताधिकार प्रयोगमा जसरी महानगरवासीको मत जितेका छन त्यसरीनै कार्यकुशलतामा समेत मन जित्ने दावी गर्दै गर्दा यसवीचमा राजनैतिक बजारमा चलेको यो वा त्यो कोणबाट चलेको हल्ला जस्तो कथंकदाचित कुनै शक्तिमा ढल्केर महानगरवासीले उनिप्रति लिएको पक्षगत निर्णयमाथि अन्याय गर्न खोज्यो भने जसरी उनको जितलाइ सहज बनाउन महानगरवासी हौसिए त्यसरीनै उनको दुर्गतीका दिन निम्त्याउँन पछि पर्ने छैन भन्ने हेक्का राख्न सचेत महानगर वासीकाको तर्फबाट आग्रह गरिएको नागरिक अभियन्ताको अभिमत रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30