बुधबार, मंसिर २०, २०८०
Dashain

मप बैठक: आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

 काठमाडौं जेठ ११

जेठ १० गते बसेको मन्त्री परिषदको बैठकले गरेको १० बुँदे निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको जानकारीदिनुभएकोछ ।

त्यस्तै उहँँले आफु नेतृत्वको प्रतिनिधिमण्डल आगामी २३ देखि असार २ गतेसम्म रुवान्डाको किगालीमा आयोजना हुने विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन जान बैठकले   स्वीकृत दिएको जानकारी दिनुको अलावा जेठ आज हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्जुअल माध्यमबाट हुने १४ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै उहाँले बैठकले लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढ्वा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय बैठकले गरेको छ । प्रस्तुत निर्णय अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरु रविन्द्रनाथ श्रेष्ठ, सुरेश आचार्य, मणिराम गेलाल, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देललाई क्रमशः प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30