बुधबार, बैशाख १२, २०८१

काठमाडौं महानगर वडा न १९ मा राजेश र २० मा मानन्धर नेतृत्वको प्यानल निर्वाचित

काठमाडौं जेठ ११
स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौ महानगर वडा १९ को निर्वाचन परिणाम सार्वजनिक भएको छ । प्रस्तुत निर्वाचन मार्फत काठमाडौं काँग्रेस क्षेत्र न ८ का सभापति समेत रहेको नेपाली काँग्रेसका उम्मेदवार राजेश श्रेष्ठले निकटम प्रतिस्पर्धी चन्द्रमान मुनिकारलाइ ४५९को मतान्तरमा पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित वडाध्यक्षका उम्मेदवार श्रेष्ठले एक हजार दुईसय मत प्राप्त गर्दैगर्दा मुनिकारले ७४१ मत प्राप्त गरेको हो भने अर्का अध्यक्षका स्वतन्त्र उम्मेदवार राजिब महर्जनले ४७४ मत प्राप्त गरको हो ।

त्यस्तै वडाको महिला सदस्य पदमा १ हजार ३६९ मत प्राप्त गरेर रेणु शाही, दलित महिला सदस्यमा १ हजार ४१५ मत ल्याएर रञ्जिता परियार निर्वाचित हुँदै गर्दा खुला सदस्यमा पनि काँग्रेसका उम्मेदवार क्रमस चन्द्रमान डंगोल १ हजार ४१७ र दिनेशमान जोशी १ हजार १९८ मतसहित निर्वाचित भएको हो ।

वडा १९,  अध्यक्ष
१)    चन्द्रमान मुनिकार –  (एमाले) ७४१
२)    मिलन शाही  -(एकीकृत समाजवादी) -१९७
३)    राजिब महर्जन   स्वतन्त्र   -४७४
४)    राजेशकुमार श्रेष्ठ – नेपाली कांग्रेस  – १२००  
५)    सविक शाही     राष्ट्रिय प्रजातन्त्र पार्टी    १९८

महिला सदस्य
१)    एलिना शाही               — राष्ट्रिय प्रजातन्त्र पार्टी   -४०८
२)    रीता शाक्य-  (एकीकृत समाजवादी)     १८९
३)    रेणुकमल  शाही – नेपाली कांग्रेस  – १३६९  
४)    लक्ष्मी हीरा शाक्य  –   (एमाले) – ७०८

दलित महिला सदस्य
१)    तीर्थदेवी पुजारी   –  (एमाले)  -७४७
२)    रञ्जिता परियार  – नेपाली कांग्रेस  -१४१५ विजयी

सदस्य
१)    चन्द्रमान डंगोल  – नेपाली कांग्रेस-  १४१७
२)    दिनेशमान जोशी -नेपाली कांग्रेस – ११९८  
३)    निरव शाही –  (एमाले)- ६२४
४)    प्रतिक खड्गी-  (एकीकृत समाजवादी) – २५८
५)    मनिल शाही  – राष्ट्रिय प्रजातन्त्र पार्टी  – २६९
६)    रिकेश शाही- (एकीकृत समाजवादी) – २६३
७)    सुरेन डंगोल- (एमाले)  -७३१
८)    सुवर्णमान महर्जन-राष्ट्रिय प्रजातन्त्र पार्टी  – २५०

यसैवीच महानगरको वडा नं २० पनि नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र मानन्धरले १ हजार ४७५ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएकोछ । मानन्धरका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हितकर वीरसिंह कंसाकारले ६६५ मत प्राप्त गरेको हो । यसैगरी वडा सदस्यमा शोभादेवी मानन्धर महिला सदस्य पदमा, उर्मिला शाही नेपाली दलित महिला सदस्यमा , अनेश चित्रकार र रसेल श्रेष्ठ सदस्य पदमा निर्वाचित भएको छ ।

साथमा यो पनि

वडा २०,  अध्यक्ष
१)    भरत माली  -राष्ट्रिय प्रजातन्त्र पार्टी         ११८
२)    रजिन स्थापित –   (एकीकृत समाजवादी)३३६
३)    राजेन्द्र मानन्धर  – नेपाली कांग्रेस    १४७५
४)    विन्दु कर्माचार्य- नेपाल मजदुर किसान पार्टी – ६
५)    सुजिना थापा- लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल,   २
६)    हितकरवीर सिंह ताम्राकार -(एमाले) ६६५

महिला सदस्य
१)   मञ्जु मानन्धर (राना मगर)  – (एकीकृत समाजवादी)     — २२४
२)    शोभादेवी मानन्धर   – नेपाली कांग्रेस  – १२८४
३)    सरिता मानन्धर  -(एमाले)    — ७६०
४)    सहनशीला मानन्धर –  राष्ट्रिय प्रजातन्त्र पार्टी  = १९१
५)    सीता कपाली – नेपाल मजदुर किसान पार्टी  = ५

दलित महिला सदस्य
१)    उर्मिला शाही (नेपाली)  -नेपाली कांग्रेस   १२८१
२)    जानुका नेपाली  –  (एमाले)    — ६८७
३)    शारदा च्यामे – (एकीकृत समाजवादी) – २२३

सदस्य
१)     अनेश चित्रकार  – नेपाली कांग्रेस  – १४३४
२)    देवकुमार महर्जन-  (एकीकृत समाजवादी) २७१
३)    देवेन्द्रमान राजभण्डारी –  (एमाले) – ५८२
४)    नरेशानन्द बज्राचार्य – राष्ट्रिय प्रजातन्त्र पार्टी  – १६६
५)    नविनबहादुृर शाक्य- नेपाल कम्युनिष्ट पार्टी (एमाले) – ७१०
६)    नानीछोरी शाही – राष्ट्रिय प्रजातन्त्र पार्टी – १०७
७)    रसेल श्रेष्ठ  – नेपाली कांग्रेस – १२३६
८)    सूर्यमान महर्जन  – (एकीकृत समाजवादी) – २३४