बिहिबार, बैशाख २०, २०८१

महानगर वडा न ८ मा कांग्रेसका उम्मेदवार आसामान नेतृत्वको प्यानल निर्वाचित

 काठमाडौं जेठ ७,
काठमाडौं महानगरको वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार आसामान सङ्गत नेतृत्वको प्यानल निर्वाचित हुनुभएको छ। वडाध्यक्षमा निर्वाचित उम्मेदवार सङ्गतले एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।

त्यस्तै  सङ्गतले १ हजार ५५७ मत प्राप्त गर्दै गर्दा कुइँकेलले ७३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय हुनुभएको छ । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय हुनुभएको हो ।

हाल महानगरको वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ ।