शनिबार, बैशाख ८, २०८१

महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन प्रतिस्प्रर्धी भन्दा दोब्बर मत सहित अगाडि

 काठमाडौं जेठ ७,
काठमाडौं महानगर प्रमुखको लागि भइरहेको मतगणनाको क्रमममा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह निकै अगाडि बढेका छन् । वालेन साह आफ्ना प्रतिस्प्रर्धी भन्दा झण्डै दोब्बर मत सहित अगाडि रहेको छन ।

वालेनले ३३ हजार २६० मत प्राप्त गर्दै गर्दा एमालेका उम्मेदवार स्थापितले १७ हजार ६९२ मत पाएका छन् भने तेस्रो स्थानकी गठबन्धनकी उम्मेदवार एवं नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छिन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठ १ हजार ७९६ मतसहित चौथो स्थानमा रहेका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ हजार २९३ मत प्राप्त गरेका छन ।

त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार सुनीता डंगोल निकै अगाडि छिन् । उनले २६ हजार ५७५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाले ३ हजार ६२३ मत ल्याएकी छिन् ।