आइतवार, जेष्ठ ६, २०८१

काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा डङ्गोलको अग्रता कायमै

काठमाडौ जेठ ६,

काठमाडौं महानगरपालिकाको प्रमुखमा वालेन्द्र साह र उपप्रमुखमा सुनीता डङ्गोलको अग्रता पछिल्लो समय थप बढ्दो रहेको छ । प्राप्त पछिल्लो मत गणनाा विवरण अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले २५ हजार ६ सय ३८ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिस्प्रर्धी एमालेका केशव स्थापितले १३, ५७४ त्यस्तै गरि काँग्रेसका उम्मेदवार श्रीजना सिंहले १२ हजार ९३८ मत प्राप्प् गरेकी छिन ।

त्यस्तै  राप्रपाका मदनदास श्रेष्ठले १ हजार ९० मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ हजार मत कटाउन सफल भएका छन् । उनले १ हजार २३५ मत ल्याइसकेका छन् ।

खसेको एक लाख ९१ हजार बढी मत मध्ये हालसम्म ७० हजार २७६ मत गणना भइसकेको जानकारी सहित निर्वाचन समितिले पछिल्लो समय १२३४५ २८ ३० ३२ को मत गणना सम्पन्न भइसकेको र ६,७, ८,९,२५, २६,२९ र ३१ को मत गणना हुँदै गरेको जनाएको छ।

त्यस्तै महानगर प्रमसखमा एमालेका उम्म्ेदवार सुनीता डङ्गोलले २५ हजार १७५ मत प्राप्त गर्दै अगाडि रहेको जानकारी दिएको छ।