शुक्रबार, मंसिर १५, २०८०
Dashain

७५३ स्थानीय तह मध्ये छ सय ३४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक

काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा

काठमाडौं जेठ ६ ,
गत बैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचन अन्र्तगत स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । यसक्रममा देशैभरका ७५३ स्थानीय तह मध्ये छ सय ३४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।  त्यस्तै ११० पालिकाको मतगणना भइरहेको छ । त्यस्तै ९ पालिकाको गणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्राप्त घोषित निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसले २८३ पालिका प्रमुखमा जितेको छ भने अझै ४३ पालिकामा अग्रता लिइरहेको अवस्था छ । त्यस्तै नेकपा एमालेले १७७ पालिकामा आफ्नो आफ्नो वर्चश्व कायम गर्दै थप २० पालिकामा अग्रता लिएको छ ।

साथै माओवादी केन्द्रले १११ पालिका जितेको छ भने ११ पालिकामा अग्रता सहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै गरि जसपाले १८ सिट जित्दा १७ मा अग्रता कायम गरेको छ भने नेकपा एकीकृत समाजवादीले १४ सिट जित्दै थप ५ सिटमा लिड गर्दै गरेको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30