मङ्लबार, बैशाख १८, २०८१

आचार संहिताको उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने आयोगको चेतावनी

स्थापितलाइ  आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं वैशाख १९,
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रशारको क्रममा राजनीतिक दल, उम्मेदवारहरुले आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ ।

त्यस्तै आयोगले आचारसंहिता विपरीत केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएसंगै आज जारी विज्ञप्तिमार्फत आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न आदेश दिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा  आचारसंहितामा २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने व्यवस्थाको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयासम्म जरिवाना गर्ने उल्लेख गरिएको छ।

साथै कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्ने चेतावनी समेत आयोगले दिएको छ।

यसैवीच आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितलाइ सोमबार चौबीस घण्टे स्पष्टीकरण सोधेको छ ।विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्थापितसँग सोमबार स्पटीकरण मागेको हो । निर्वाचन केन्द्रीत हुँदै आयोजित एक कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मीटू’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर नाइस लेडी, तर तपाईको थुतुनो ठीक छैन’ भन्दै दिएको जवाफ प्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।