बिहिबार, बैशाख २०, २०८१

काठमाडौं उपत्यका सहित देशैभर चट्याङसहित हावाहुरी र वर्षाको संभावना

काठमाडौं बैशाख १७,
जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू–भागसम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिम वायुको प्रभावका कारण पछिल्लो समय मौसममा निकै फेरबदल आएको जनाएको छ। त्यस्तै महाशाखाले मौसममी प्रणालीमा देखिएको फेरबदलका कारण देशैभर बदली रहनुको अलावा काठमाडौं उपत्यकाकोमा समेत विहान देखिनै वर्षा संगै बदली रहेको जनाएको छ।

साथै मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा चट्याङसहित हावाहुरी र वर्षा भइरहेको जनाउनुको अलावा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा समेत बदली कायम रहनुको साथै यी प्रदेशका विभिन्न स्थानमा वर्षाको संभावना रहेको जनाएको छ।

यसैवीच काठमाडौं उपत्यकाको मौसमी प्रणाली आज दिनभर धुमिल रहेने र यो क्रम आगामी सोमवारसम्म कायम रहने जनाएको छ ।