बुधबार, बैशाख १२, २०८१

आयोगद्वारा राष्ट्रिय मान्यताप्राप्त दल र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

अनुगमन टोलीद्वारा  निर्वाचन आचारसंहिता प्रतिकूलका  सामग्री जफत

काठमाडौं बैशाख १७,
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आज राष्ट्रिय मान्यताप्राप्त छ वटा, जिल्लागतरूपमा मान्यताप्राप्त विभिन्न दल र स्वतन्त्रतर्फका उम्मेदवारलाई सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान निर्वाचन चिह्न प्रदान गरिएको हो।

त्यस्तै आयोगले राष्ट्रिय मान्यताप्राप्ततर्फ नेकपा एमालेलाई ‘सूर्य’, नेपाली कांग्रेसलाई ‘रुख’, माओवादी केन्द्रलाई गोलाकारभित्रको ‘हसिया हथौडा’, जनता समाजवादी पार्टीको ‘छाता’, लोकतान्त्रिक समाजवादी पार्टीलाई ‘साइकल’, र नेकपा एकीकृत समाजवादीलाई ‘कलम’ चिह्न प्रदान गरिएको छ।

स्थानीय तह निर्वाचनमा कूल ७९ दल भाग लिन योग्य रहेकामध्ये छवटा राष्ट्रिय मान्यताप्राप्त दल, २३ वटा अघिल्लो निर्वाचनमा भाग लिएका राजनीतिक दल छन्। त्यस्तै ४० वटा राजनीतिक दलले यसपटकको निर्वाचनमा भाग लिन दर्ता भएको आयोगले जनाएको छ।

आयोगको अनुगमन टोलीले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाका] नियम गर्ने क्रdमा राजनीतिक दलका झण्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिन्ह अङ्कित क्याप २०० थान, झोला २ बण्डल , टीसर्ट १० थान, दलको व्यानर ३ थान जफत गरेको छ । आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौंको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहिदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।