बिहिबार, बैशाख २०, २०८१

निर्वाचनका विषयमा संशय पूर्ण अभिव्यक्ति नदिन सरोकारवाला सवैलाई आयोगको ध्यानाकर्षण

काठमाडौ बैशाख १ ,
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणका कार्य सम्पादन हुँदै गसरेको अवस्थामा निर्वाचन लक्षित हुँदै संशयपूर्ण अभिव्यक्तिहरु नदिन समवद्ध सबै राजनैतिक दलको ध्यानाकर्षण गराएको छ । आयोगले विहीबार नियमित पत्रकार सम्मेलनमार्फत आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विषयमा संशय पूर्ण अभिव्यक्ति सार्वजनिक गर्दा जनतामा नकारात्मक सन्देश जाने भएका कारण सरोकारवाला सवैलाई त्यस्ता किसिमका अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएको हो ।

त्यस्तै आयोगको निर्वाचनप्रयोजनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जानकारीदिनुका अवाला स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण अनुमतिका ६५ वटा संस्थाको विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको जानकारीदिएको छ। साथै उहाँले यसविषयम आयोगले केहि समय छिनै प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी निर्णय सार्वजनिक गर्ने तयारी भएको आयोगले जनाएको छ।

साथै आयोगले आजैबाट स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन हरेक दिन ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशन शुरु गरेको जानकारििददै प्रकाशित बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुने जनाएको छ। त्यस्तै निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ कार्यक्रम जनकपुर, हेटौडा, बुटवल र धनगढीमा शुक्रवार हुने जानकारीदिदै आयोगले प्रशिक्षणपछि निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराइने जानकारीदिएको छ।