बिहिबार, बैशाख ६, २०८१

विवेकशील साझाको निर्वाचन परिचालन समिति गठन

काठमाडौ बैशाख १ ,
आसन्न् स्थानीय तह निर्वाचन लक्षित हुँदै विवेकशील साझा पार्टीले निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धव राज भेटुवाल सदस्य रहेका छन् ।

त्यस्तै नवगठित निर्वाचन परिचालन समिति मातहत रहने गरि नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति , छ। सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति, सूर्य दीप रेग्मीको संयोजकत्वमा सामाजिक सञ्जाल उपसमिति र उद्धवराज भेटुवालको संयोजकत्वमा सञ्चार उपसमिति गठन गरिएको जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ।

त्यस्तैगरि शोभा शाक्यको संयोजकत्वमा शुभेच्छुक समन्वय समिति, हरिप्रसाद गौतमको संयोजकत्वमा नेतृत्व भ्रमण उपसमिति, आशिष रेग्मीको संयोजकत्वमा कोष सङ्कलन उपसमिति र पार्टीको सचिवालय व्यवस्थापन प्रमुख समेत रहेका दीपकप्रसाद उप्रेतीको संयोजकत्वमा प्रशासनिक व्यवस्थापन उपसमिति गठन गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए।