बिहिबार, बैशाख २०, २०८१

चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं चैत २५,
आसन्न स्थानीय तहको निर्वाचन लक्षित हुँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आवद्ध दलको बैठकले स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।

त्यस्तै आगामी निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दल अन्र्तगतका उम्मेदवालाइ निर्वाचित गराउन पूर्ण प्रतिवद्धताका साथ सवै दल लाग्नु पर्नेमा समेछ विशेष छलफल भएको बताइएकोछ ।

आजको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेललगायत गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता थियो ।