मङ्लबार, बैशाख १८, २०८१

नेपाल र भारतवीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं चैत १९,
छिमेकी मुलुक भारतका समकक्षीको आमन्त्रणमा ३ दिने भ्रमणमा रहनु भएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा नेपाल र भारतवीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई देशका प्रतिनिधिमण्डलबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुइ देशवीच भएको सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता रहेका छन ।

त्यस्तै, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गर्नुभएको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल उद्घाटन गर्नुभएको हो ।