मङ्लबार, बैशाख १८, २०८१

गुणस्तरीय सेवाका लागि सुविधा सम्पन्न पूर्वाधार: प्रमुख शाक्य

काठमाडौं चैत ५ ,
काठमाडौँ महानगर वडा न १४ को नवनिर्मित वडाभवनको आज ए कार्यक्रमकावीच महानगर प्रमुख बिद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको छ । बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको जग्गामा भवन निर्माण भएको नयाँ भवनको उद्घाटन गर्र्दै प्रमुख शाक्यले सुविधा सम्पन्न भौतिक संरचनाबाट मात्र गुणस्तरीय सेवा दिन सकिने भएकोले आफूहरु निर्वाचित भएर आएपछि सबै वडाको आफ्नै भवन बनाउने नीति कार्यान्वयन गर्ने क्रममा आज वडा न १४ को भवन तयार भएको बताउनुभयो ।

यसअघि महानगरले ३२ वडा मध्ये वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न गरिसकेको र वडा २, ६, १२, १६, २०, २१, २२, २७ र ३१ गरी ९ वटा वडा कार्यालय भवन निर्माणाधीन रहेको जानकारी समेत दिनुभयो । साथै उहाँले महानगरको मुख्य भवन हरिभवनलाई पुननिर्माण गरेर केन्द्रीय भवन बनाउन नीति तय गरेपनि गलत नियत राख्ने केही व्यक्तिहरुका विरोधका कारण हरिभवन बन्न नसकेकोमा गुनासो गर्दै गर्नुभयो  छ।

त्यस्तै वडा ६, ७, १०, ११, १५ र ३२ गरी ६ वटा वडाहरुको स्तरोन्नति गरेर व्यवस्थित गर्ने काम भइरहेको अवस्थाकावीच निर्माण सम्पन्न भएको कामपा वडा १४ को अपाङ्गमैत्री भवन निर्माणको लागत ४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँमा रहेको कार्यक्रमा जानकारी दिइएको छ।