आइतवार, जेष्ठ ६, २०८१

आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्नेजस्ता काम नगर्न गृहको आग्रह

काठमाडौं फागुन १०,
गृहमन्त्रालयले पछिल्लो समय आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पु-याउने कार्य भइरहेको कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पु-याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगरी दिन सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको हो ।

त्यस्तै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा फागुन ८ गते संसद् भवन आउने क्रममा रहेका पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीले अवरोध गर्दै ढुङ्गा प्रहार गर्ने जस्ता हर्कत संगै यसवीचमा भइरहेको हिंसात्मक कार्यको भत्र्सना सहित यस्ता प्रकृतिका घटनाको सरकारले गम्भीरतापूर्वक निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

साथै सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको तथा संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शनप्रति सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको विज्ञप्तिमा जनाइएको छ ।