आइतवार, जेष्ठ ६, २०८१

ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं फागुन ९,

 काठमाडौँ उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाइ महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ। केही दिनअघि अग्रवाललाई बैंकिङ कसुरको अभियोगमा शनिबार नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिदै खग्रवाल उपर थप अनुसन्धानका लागि हिरासतमा राख्न आइतबार जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

अग्रवालविरुद्ध सञ्जय अधिकारीले ६ महिनाअघि चेक बाउन्सको जाहेरी दिएका थिए । आफूलाई दिएको ५० लाखको चेक बाउन्स भएको भन्दै उनले प्रहरीमा उजुरी दिएसंगैपुस २२ गते अमितसहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए । आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै अमितकी बहिनी रजनी अग्रवालले पुस २३ मा उजुरी दिएकी थिइन् ।

तर पछि माघ २७ गते अमित काठमाडौँ आइपुगेका थिए । उनले परिवारमा बिरामी भएकाले एक महिना सम्पर्कमा नभएको भन्दै आफ्नो बचाउ गरेका थिए । अग्रवाल परिवारले विभिन्न बैंक र व्यक्तिहरुसँग मिटर ब्याजमा एक अर्बभन्दा बढी ऋण लिएको अनुसन्धनको क्रममा खुलेको प्रहरीले जनाएकोछ ।