आइतवार, जेष्ठ ६, २०८१

शताब्दी पुरुष जोशी डिस्चार्ज

काठमाडौ फागुन २ ,
शताब्दी पुरुष सत्यमोहन जोशी निमोनियाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएका जोशी आज डिस्चार्ज भएको हो ।

पछिल्लो समय १०२ वर्षिय शताब्दी पुरुष जोशीको उपचारका क्रममा उनको मुटु र पिसावमा समस्या देखिएको अस्पतालले जनाएको थियो।