आइतवार, जेष्ठ ६, २०८१

८ संक्रमितको मृत्युसंगै थप ७ सय ४७ जनामा कोभिड संक्रमण

काठमाडौ फागुन २ ,
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार छ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जना र सोही अवधिमा २ हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जना गरि उल्लेखित सख्यामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

त्यस्तै मन्त्रालयले सोही अवधिमा २ हजार ३१९ जना सङ्क्रमणमुक्त हुँदै गर्दा ८ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ। साथै नेपालमा हाल २० हजार ७३९ जनामा सक्रिय सङ्क्रमण रहेको  जानकारी दिएको छ।