आइतवार, जेष्ठ ६, २०८१

निर्वाचन आयोगले आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’ सञ्चालन गर्ने

काठमाडौ माघ २९,

निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचन लक्षित हुँदै आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रत्येक दिन निर्वाचन सम्बन्धी गतिविढी आमसञ्चार माध्यमलाई जानकारी गराउने लक्ष्यअनुरुप आयोगले कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट अपान्ह फागुन १ प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सहित प्रेस व्रिफिङ’ सञ्चालन गर्न लागेको हो ।

आयोगका प्रवक्ता शालीग्राम शर्माले आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको तयारी दैनिकरुपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन यस किसिमको कार्यक्रमको तयारी भएको बताउनुभयो ।

साथै आयोगले प्रस्तुत कार्यक्रममा उपस्थितिका लागि सवै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ ।