आइतवार, जेष्ठ ६, २०८१

झापास्थित चाउचाउ कारखानामा भीषण आगलागी

काठमाडौं माघ २९,
झापाको मेचीनगर १४ दुहागडीस्थित मगमग चाउचाउ कारखानामा शनिवार बिहान भीषण आगलागी भएको छ । विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

आगलागी नियन्त्रको लागि झापा सहित पूर्वका विभिन्न जिल्लाका १४ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

त्यस्तै आगलागि नियन्त्रणमा आइनसेकेका करणचाउचाउको कारखानामा के कति कारणले आगलागी भएको हो सोको कारण खुल्न नखुलेको बताइएको छ ।