आइतवार, बैशाख ३०, २०८१

प्रधानमन्त्री र सत्तासाझेदार दुइ दलका शिर्ष नेतृत्ववीच प्रम निवासमा महत्वपूर्ण छलफल हुँदै

काठमाडौं माघ १९,
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच अहिले साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आसन्न स्थानीय तहको निर्वाचन र एमसीसी सम्झौताका संशोधन बुँदाको विषयगत एजेन्दामा महत्वपूर्ण छलफल हुँने भएको छ।

पछिल्लो समय दुवै दलले एमसीसी सम्झौता संशोधन विना अहिलेको अवस्थामा पारित गर्न नसकिने भन्दै प्रम देउवालाइ दवाव दिदै गर्दा प्रम देउवा भने जसरी पनि अघि बढ्ने मनस्थितिमा रहेको बुझिएको छ ।

त्यस्तै एमसीसीको सवालमा माओवादी र एपपार्टीको तर्फबाट उठाइएका संशोधनको प्रसंगलाइ सम्बोधन गर्दै प्रम देउवाले दुइ दलका शिर्ष नेता प्रचण्ड र नेपाललाइ यसअघिको भेटमा सम्झौतामा गर्नुपर्ने संशोधनको बुँदा सहित तार्किक छलफल छलफलमा बस्न भनेअनुरुप अहिले साँझ नेता त्रयवीच छलफल हुन लागेको हो ।

प्रस्तावित विषयगत एजेन्दामा छलफलका लागि प्रचण्ड र नेपाल बालुवाटार पुगेको र प्रस्तावित विषयमा आजको छलफलले अग्रगामी छलाङ्ग लिने विस्वास गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031