मङ्लबार, बैशाख ११, २०८१

सत्तासाझेदार दलवीच सत्ता गठबन्धनलाइ थप सवलीकरण गर्दै लैजाने सहमति

काठमाडौ माघ २०,
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बुधवार साँझ भएको छलफलको क्रममा स्थानीय तह निर्वाचन र एमसिसी सम्झौताका विषयमा विशेष छलफल सहित जारी सत्ता गठबन्धनलाइ थप सवलीकरण गर्दै लैजाने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरूबीच भएको  छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको बुझिएको छ।

पछिल्लो समय एमसीसी सम्झौताको विषयलाई लिएर सत्ता साझेदार दलवीच केही मनमुटाव सिर्जना भएको चर्चा चल्दै गर्दा शिर्ष नेतृत्ववीच बुधवार भएको छलफल संगै जारी पछि गठबन्धनलाइ कायमनै राख्दै एमसीसी पनि सहमतिमै पास गर्ने सहमति गरेको हो ।

यसअघि माओवादी र नेकपा एसले एमसीसीलाई संसदमै लैजान नखोजेको सन्दर्भमा गठबन्धन पनि तोडिने सम्भावना बनेको थियो । तर अहिलेको अवस्थामा गठबन्धन टुट्यो भने आसन्न निर्वाचन समेत प्रभावित ठहर सहित जारी गठबन्धनलाइ कायमनै राख्दै सहमतिमा जान सत्तासाझेदार दल तयार भएको हो ।