बिहिबार, बैशाख २०, २०८१

मुलकमा राजसंस्थाको पुर्नआगमन हुने समय आयोः ज्यो:सुवेदी

काठमाडौं माघ ६ ,
नेपालमा पुनः राजसंस्था कायम हुने समय आएको ज्योतिषी दीपक सुवेदीले बताएका छन् । बेलाबेलामा सफल राजनीतिक भविष्यवाणी गर्दै आएका सुवेदीले फोरकास्ट टेलिभिजन युट्युबमा भविष्यवाणी गर्दै सो कुरा बताएको भिडियो प्राप्त भएको छ ।

ज्यो। सुवेदीका अनुसार राजनीतिक परिवर्तनसँग सम्बन्धित विशेष महत्त्वपूर्ण जस्तै संविधान घोषणा आदिको ग्रह कमजोर परेको र राजसंस्थाका प्रतिनिधिहरूको ग्रह अनुकूल परेको हुनाले राजसंस्था कायम हुने उनको दाबी छ । उनी भन्छन् राजसंस्था कायम हुने समय चाही आयो तर भाग्यमा छ भन्दैमा चाल्नोमा दुध अडिदैन । भाग्य भएर मात्रै हुन्न त्यसलाई कर्मयोग गरेर प्राप्त गर्नुपर्छ । राजसंस्था कायम हुने यो मौकालाई राजावादीहरूले समयमै बुझेर उपयुक्त कदम उठाउन जरुरी हुन्छ अन्यथा समय फुत्केपछि पछुतो मात्र हुनसक्ने छ ।

समय समयमा विभिन्न खालका राजनीतिक लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय भविष्यवाणी गरी चर्चामा आउने गरेका सुवेदीको भविष्यवाणी ज्योतिषविज्ञानसँग तथ्यपरक हुने अनुमान गरिन्छ । जब जब उनले भविष्यवाणी गरेर राजनीतिक उथलपुथलको संकेत गर्छन त्यस्तै त्यस्तै पर्दै गएको पनि देखिन्छ । उनले यसै वर्षको वार्षिक भविष्यफल गर्दै यो वर्ष राजनीतिक उलटपुलट हुन्छ भनेर भनेका थिए नभन्दै लगभग दुईतिहाही बहुमतको ओली सरकार ढल्यो । सरकारमात्रै ढलेन कि नेकपा नै तीन कित्तामा विभाजित भयो । जुन कुरा सामान्यतया राजनीतिक अनुमानभन्दा पर हो, तर ज्योतिष विज्ञानको माध्यमबाट त्यस्ता संभावित घटनाक्रमलाई ज्यो। सुवेदीले देख्दै र बताउँदै आएका हुन् ।

राजसंस्था कायम हुने बारेमा उनले गरेको भविष्यवाणी भिडियोमा जस्ताको तस्तै हेर्नसकिन्छ–

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31