शुक्रबार, चैत्र १६, २०८०

संक्रमणको जोखिम न्यूनिकरणका लागि सार्वजनिक यातायात बन्द गर्ने सरकारको तयारी

काठमाडौं माघ ६ ,
पछिल्लो समय कोभिड संक्रमणको उच्च जोखिमबढेसंगै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संगुक्त बैठकले २७ बुँदे निर्देशन जारी गरेपनि जोखिम घट्नुको अलावा दिनानुदिन बढ्दो पाइएकोछ ।

जारी दिर्नेशनको अक्ष्ररस पालना सहित संक्रमणको जोखिम न्यूनिकरणमा  सवैको सकारात्मक पहल हुनुपर्नेमा सार्वजनिक यातायातमा हुँदै भिडभाड संगै सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृतिका कारण संक्रमणको रफ्तार थप बढेको निष्कर्ष सहित सरकारले सार्वजनिक यातायात बन्द गर्ने तयारी गरेको छ।

मुलत जारी निर्देशनको प्रभावकारी कार्यन्यनका लागि पहिले केहि दिनको लागि मात्र भए पनि सार्वजनिक यातायातमा हुँदै आएको भिडमभाड रोक्नुपर्ने र यसको लागि सार्वजनिक यातायात बन्द गर्नुको विकल्प नभएको ठहर गरिएको हो ।

हुनत सकारले नयाँ भेरियन्टसहितको कोभिड संक्रमणको दैनिक रफ्तार बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क अनिवार्य गर्न र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ तर यो स्वास्थ्य मापदण्ड सबै सार्वजनिक यातायातमा लागू हुन नसकेसंगै सरकारले  बन्दको विकल्प रोजेको बुझिएको छ।

यद्यपी ट्राफिक प्रहरी महाशाखाले एकाध सार्वजनिक यातायातलाई सरकारले जारी गरेको मापदण्ड पालना नगरेको भन्दै कारवाही भने नगरेका होइन तर कारवाही प्रक्रिया चुस्त हुन नसक्दा जोखिम बढ्नुको अलावा सिट क्षमताभन्दा बढी यात्रु चढाउने, मास्क नलगाउने यात्रुलाई चढाउने, र स्यानिटाइजर नराख्ने प्रवृति मौलाएको हो ।