बुधबार, बैशाख १२, २०८१

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं माघ ५ ,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमकाअनुसार प्रतिलिटर ३ रुपैयाँको दरले बढ्दो पेट्रोलको मूल्य अनुसार प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।

आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० डलरले बढेर ९९५ पुगेको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई यथावत नै राख्ने निर्णय गरिएको निगमले जनाएको छ ।