बिहिबार, बैशाख २०, २०८१

पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको सबै प्रतिस्पर्धाबाट आफु अलग रहेको नेता पौडलको घोषणा

व्यक्ति भन्दा पनि विचार प्रधान बन्न नेता पौडेलको आग्रह

काठमाडौ मंसिर २५,
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा आफु अलग रहेको घोषणा गर्नु भएको छ।  नेता पौडेलले आज नयाँ नेतृत्वको लागि उम्मेदवारी मनोनयन दर्ताका दिन एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय आफुले देखेको र बुझेको काँग्रेसको स्पिरिडमा विचलन आएको जनाउ सहित पार्टीका विचार भन्दा पनि व्यक्तिवाद हावी भएका कारण हामी समयमानै सचेत नहुँने हो भने पार्टीको लक्षित दिशानिर्देश पहिल्याउँन मुस्किल हुँदैगएका कारण नेतृत्वको प्रतिस्पर्धाबाट आफु अलग रहेको बताउनुभएको छ ।

साथै जारी विज्ञप्तिमा उहाँले महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलापार्टीमा व्यक्ति मोहको सञ्जालबाट मुक्त हुँदै विचार प्रधान बन्न र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रहसमेत गर्नुभएको छ ।

साथै उहाँले आज काँग्रेसमा देखिएको विचलनताका कारण संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले देखाउनु भएको आदर्श समेत ओझेलमा परेको भन्दै नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउनेछन् भन्ने आफ्नो अपेक्षा रहेको भन्दै पार्टीको नेतृत्वको प्रतिस्पर्धाबाट आफु अलग रहेपनि राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहने जनाउ दिदै व्यक्ति होइन संस्थाको गरिमा बचाउन यहाँहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने आशा रहेको बताउनुभएकोछ ।