बुधबार, बैशाख १२, २०८१

२३६ जनामा कोभिड संक्रमण पुष्टि हुँदै गर्दा ३०७ जना संक्रमित उपचारपछि डिस्चार्ज

काठमाडौं र ललितपुरमा मात्र कोभिडका पाँच सय भन्दा बढीमा कोभिडको सक्रिय सक्रमण

काठमाडौं मंसिर २५ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २३६ जनामा कोभिड संक्रमण पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा गरिउको गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा उल्लेखित संख्यामा संक्रमितको पहिचान भएको जानकारी दिएको हो ।

त्यस्तै यसवीचमा ३०७ जना संक्रमित उपचार पछि डिस्चार्व भएको र यहि अवधिमा १ जना संक्रमितको मृत्यु भएको जनाएको छ। आज पुष्टि भएको मृतक संगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ। साथै पछिल्लो समय ११३ जनाको आइसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी मन्त्रालयले दिएको छ ।

यसैवीच मुलुकको ७७ मध्ये २ जिल्ला काठमाडौं र ललितपुरमा मात्र कोभिडका पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिएको छ भने सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलालीमा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गरि मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र सल्यानमा सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।