बुधबार, बैशाख १९, २०८१

सर्वोच्चमा आजदेखि गोला प्रणाली लागु पहिलो पटक गोला तानेर ११ वटा इजलास गठन

काठमाडौं मंसिर १५,
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास र पेसी तोक्ने परम्परामाथि आज बाट रोक लागेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीबाट नै विरोधभएसंगै पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुरुपगोलाप्रथा प्रणाली लागु गरिएको हो ।

प्रस्तुत निर्देशिका अनुरुप अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन हुने भएको छ। साथै आजबाट इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीश सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।

यसैवीच आज गोलाप्रथाबाट ११ वटा इजलास गठनसंगै २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930