बुधबार, बैशाख १९, २०८१

काठमाडौं काँग्रेस नेतृत्वको लागि भएको निर्वाचन सकिएसंगै मतगणनाको तयारी हुँदै

काठमाडौं मंसिर १२,
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमडौं काँग्रेस सभापतिका लागि विहानबट भएको मतदान केही बेर अगाडि सकिएको छ । १० निर्वाचन क्षेत्र, २० प्रदेश सभा निर्वाचन क्षेत्र, १० नगरपालिका र एक महानगरपालिका तथा १३८ वडा इकाइ रहेको काठमाडौं जिल्लाको प्रस्तुत मतदानमा ३ हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएको जनाउँदै निर्वाचन समितिले निर्वाचनमा वर्तमान सभापति कृष्ण [सबुज] बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा भएको जानकारी दिएका छन ।

पदाधिकारी सहति ६३ सदस्यीय कार्य समितिका लागि बानियाँ नेतृत्वको टिमबाट उपसभपतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिएका छन् भने र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्की नेतृत्वको टिमबाट उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिएका छन् ।  सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएसंगै आज रातिदेखि नै मतगणना गरिने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031