बिहिबार, बैशाख २०, २०८१

आजबाट ३ दिन भेरोसेलको पहिलो डोज खोप कार्यक्रम सञ्चालन हुँदै

काठमाडौं असोज २२,
काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । असोज २४ गतेसम्मसञ्चालन हुने महानगरका ३२ वटै वडाका खोप केन्द्र सहित थप अन्य केन्द्रबाट समेत भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन हुने बताइएकोछ ।

महानगर जनस्वास्थ्य विभागका अनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि ३ दिने खोप कार्यक्रम कार्यक्रम हुन लागेको जनाउदै यसको लागि खोप लगाउनका लागि खोप लिने नागरिकले आफ्नो परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ । विहान १०ः०० देखि अपरान्ह ४ः०० बजेसम्म सञ्चालन हुने खोप शिविरमा छ ।जानका लागि विद्युतीय दर्ता नम्बर पप्त गर्न वेबसाइट vaccine.mohp.gov.np बाट सेवा लिन सकिने व्यवस्था समेत मिलाइएको जनाएको छ ।