शुक्रबार, चैत्र १६, २०८०

देशभर ७६४ जनामा कोभिड संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं असोज २२ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ७६४जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६८८ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार ३३ संक्रमित निको भई डिस्चार्ज भएको जनाउदै वितेको २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको जनाएको छ। साथै प्राप्त पछिल्ले डेटा अनुसार १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेको यसमध्ये ३१३ जनाको आइसियुमा र ११३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।