बिहिबार, बैशाख २०, २०८१

बन्दीप्रत्यक्षीकरणको रिट निवेदन उपर सुनवाइका लागि दसैँ बिदामा पनि सर्वोच्च खुल्ने

काठमाडौँ असोज २१,

सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । त्यस्तै दसैँ पर्वको घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ।

साथै घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने भएका कारण सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठकले न्याय प्रशासन ऐन, २०७३ अनुसार सो अवधिमा बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइका लागि लागि न्यायाधीशहरू तोक्ने निर्णय गरेको थियो ।