मङ्लबार, बैशाख १८, २०८१

थप ९६८ जना कोभिड संक्रमित पहिचान , ६को मृत्यु

काठमाडौँ असोज १९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा १६ हजार ४२ जनामा गरिएको कोभिड परीक्षणको क्रममा थप ९६८ जना कोभिड संक्रमित पहिचान भएको जनाएको छ।देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा उल्लेखित सख्यामा संक्रमित पहिचान भएको हो।

त्यस्तै यसवीचमा ६ जना संक्रमितको मृत्यु भएको र योसंगै मृतकको सख्या जनाउदै ११ हजार १८० पुगेको जनाएको छ । साथै मन्त्रालयले यसवीचमा कोभिड मुक्त हुने दर ९६.६ प्रतिशत रहेको जानकारी दिएको छ।