बिहिबार, बैशाख २०, २०८१

प्रतिनिधिसभा बैठक : एमालेका सांसदको नाराबाजी र अवरोधकै बीच प्रतिस्थापन विनियोजन विधेयक स्वीकृत

काठमाडौं असोज ४,
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरिएकोछ ।

सभामुख अग्निप्रसााद सापकोटाले आजको बैठक शुरु भएको घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेपनि जारी घेराउ र अवरोधकै बीच विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले तत्कालीन ओली सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयकमा केहि प्रतिशतमात्रै हेरफेर गरिएको जनाउ दिनुभयो । त्यसपछिको चरणमा उक्त विधेयक पारित गरिएको हो ।

गत भादौ २५ गते प्रतिनिधिसभामा प्रस्तुत विधेयक प्रतिनिधिसभाबाट पारितभएसंगै अव राष्ट्रियसभामा जाने र राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउने भएको छ ।