बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जनामा कोभिड संक्रमण पुष्टि, ८ को मृत्यु

काठमाडौं असोज ४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा २ हजार ९५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन भने ८ जना संक्रमितले ज्यान गुमाएका छन ।  साथै कुल संक्रमित मध्ये देशभर २२ हजार ३२३ जनामा सक्रिय संक्रमण रहेको जनाउदै मन्त्रालयले तीमध्ये ३७१ जनाको आइसियुमा र १०८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।