आइतवार, जेष्ठ ६, २०८१

नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने  राजवंशी पक्राउ

काठमाडौं साउन ९,
नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने झापा भद्रपुर नगरपालिका-७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो-अब्जेक्सन लेटरमा विवरण किर्ते गरेर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।