सोमवार, जेष्ठ ७, २०८१

सर्वोच्चको परमादेश अनुरुप राष्ट्रपतिद्वारा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त

सभापति देउवाले पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिदै 

काठमाडौं असार २९ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सोमबार सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवलाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश अनुरुप सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

त्यस्तै नव नियुक्त प्रधानमन्त्री देउवालाइ आजै साँझ ६ बजे शपथ ग्रहण गराइन कार्यक्रमण तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। त्यस्तै आज समेत सभापति देउवाले पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिन हुने भएको छ।