शुक्रबार, चैत्र १६, २०८०

विघटित प्रतिनिधि सभा पुनर्स्थापित गर्ने सर्वोच्चको ऐतिहासिक फैसलाको स्वागत

नयाँ बन्ने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने महासंघको विश्वास

काठमाडौं असार २९ ,
नेपाल पत्रकार महासंले सर्वोच्च अदालतलको विघटित प्रतिनिधि सभा पुनर्स्थापित गर्ने ऐतिहासिक फैसलाको स्वागत गरेको छ।

महासंघका महासचिव रोसन पुरीले आज जारी गर्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको यो निर्णयले संविधानको रक्षाका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनर्स्थापित भएको उल्लेख गर्दै सर्वोच्चको फैसलापछि सम्मानित र स्वतन्त्र अदालतमाथि भएका अशोभनीय टिका९टिप्पणी सहित प्रधान न्यायाधीशको पुत्ला दहन गर्ने कार्यको महासंघले भर्त्सना गर्दै स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि पक्षबाट प्रहार गर्न हुँदैन भन्नेमा महासंघको प्रष्ट दृष्टिकोण रहेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा पुनर्स्थापित प्रतिनिधि सभा नयाँ बन्ने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने छ भन्ने महासंघ विश्वास लिएको उल्लेख गरिएको छ।