शनिबार, बैशाख ८, २०८१

सर्वोच्चबाट जारी परमादेशसंगै ५ दले विपक्षी गठबन्धनबाट वाहिरिए नेता नेपाल

काठमाडौं असार २८,

संसद विघटनविरुद्धको रिट उपर सर्वोच्च अदालतले आज संसद पुनःस्थापना गर्ने आदेश सहित दुई दिनभित्र रिट निवेदक समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसंगै नेकपा एमालेका नेता माधव नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिएको छ। नेता नेपालले पार्टीमा एकताका लागि प्रयास भइरहेको जनाउ सहित ५ दले विपक्षी गठबन्धनमा नबस्ने जनाउ दिनु भएको हो ।

सर्वोच्चको परमादेश पछि बसेको गठबन्धनको बैठकमा नेता नेपाले  सर्वोच्च अदालतको फैसलाको स्वागत योग्य रहेको बताउदै आजको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको जनाउ दिनुको अलावा आफुले यसअघि गरेको प्रतिवद्धा अनुरुपको जिम्मेवारी पूरा भएको जनाउ सहित यस्तो जानकारी गराउनुभएको बुझिएको छ ।

संविधाको मर्ममाथिनै प्रहार भएका कारण आफु विपक्षी गठबन्धनमा समाहित भएको र आज सर्वोच्चको परमादेश पछि तयो संभावना टरेको भन्दै नेता नेपालले अवका दिनमा गठबन्धनमा नरहने बताउनुभएको थाहा भएको छ।