सोमवार, जेष्ठ १४, २०८१

निषेधाज्ञा खुकुलो गरेसंगै सोमवारको तुलनामा २ सय बढी संक्रमित थपिए

थप २ हजार ६३६ जनामा कोभिड भाइरस संक्रमण पुष्टि , थप २० को मृत्यु

काठमाडौ असार १५,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ७४८ वटा पीसीआर परीक्षणको क्रममा थप २ हजार ६३६ जनामा कोभिड भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले ७ हजार २५९ जनाको पीसीआर र ४ हजार ४८९ एन्टिजेन परीक्षणको क्रममा २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको जनाउदै निषेधाज्ञा खुकुलो गरेसंगै सोमवारको तुलनामा आज दुई सय जना बढी संक्रमित थपिएका जानकारी दिएको छ।

साथै मन्त्रालयले यसवीचमा ४ हजार ४८९ जना संक्रमित संक्रमणमुक्त भएको  जानकारी दिनुको अलावा संक्रमणका कारण थप २० जनाको मृत्यु भएको र यो संगै हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको जानकारी दिएको छ ।