शुक्रबार, चैत्र १६, २०८०

छुपु र छुपु हिलोमा धान रोपाइँको चटारो

अनुप प्रधान /काठमाडौ असार १५ ,
असारे भाकामा छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका लोकदोहोरी गाउँदै आज खेतमा धान रोपाइँ गरिएकोछ ।

मुठी रोपेर मुरी उमार्ने लक्ष्यका साथ आज गरिएको रोपाइँको वेग्लै महत्व रहेको छ । त्यस्तै रोपाइँ लगत्तै खेतको डिलमा बसेर दही च्यूरा खाने प्रचलनले त झन आजको दिनलाइ थप उल्लासमय बनएको छ।