बिहिबार, बैशाख २०, २०८१

दल त्याग गरेका ३ प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारी पदमुक्त

काठमाडौं असार ११ ,
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका ३ प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारी पदमुक्त भएका छन ।

माओवादी केन्द्रको सोमबार बसेको बैठकको निर्णय अनुरुप   दल परित्याग गर्दै दलबदल गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न निर्वाचन आयोगलाइ पत्राचार गरेसंगै निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनामा १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई पदमुक्त गरिएको उल्लेख गरिएको छ।

त्यस्तै आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै प्रकाशितआयोगको सूचनामा २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधि भएको पहिुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका छल्लो समय उनिहरु दल त्याग गर्दै एमाले प्रवेश गरका कारण पदमुक्त गरिएको उल्लेख गरिएको छ।
पदमुक्त गरिएका स्थानीय तहका पदाधिकारी :

प्रमुख रिनाकुमारी साह रौतहट मौलापुर नगरपालिका
प्रमुख सियारामप्रसाद कुशवाहा रौतहट कटहरिया नपा
उप्रमुख परनिया देवी रौतहट देवाही गोनाही नपा
उप्रमुख गौरीशंकरप्रसाद रौतहट मैलापुर नपा
उप्रमुख कान्तिदेवी रौतहट फतुवाविजयपुर नपा
उपप्रमुख सिमलकुमारी साह रौतहट माधवनारायण नपा
उपाध्यक्ष गीतादेवी साह रौतहट यमुनामाई गापा
नगरकार्यपालिका सदस्य सतमीलालदास ताती सिरहा लहान नपा
वडाध्यक्ष सुरेशकुमार थापा ओखलढुंगा चम्पादेवी गा।पा-७,
अध्यक्ष शेष फारुक महोत्तरी सम्सी गापा
उपप्रमुख, छायादेवी देवकोटा कैलाली भजनी नपा
वडाध्यक्ष, भागिरथी विष्ट कैलाली गौरीगंगा नपा  -४
वडाध्यक्ष, शर्मानन्द भट्ट कैलाली गोदावरी नपा  -१
वडाध्यक्ष पुरन बिसी कैलाली बर्दगोरिया नपा -४