बिहिबार, बैशाख १३, २०८१

थप १ हजार ७२१ जनामा कोभिड सङ्क्रमण पुष्टि, २७ को मृत्यु

काठमाडौं असार ११ ,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार ५८६ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा थप १ हजार ७२१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसवीचमा ४ हजार ७६५ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ७५५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

साथै वितेको २४ घण्टामा ५ हजार ४५५ जना सक्रमित सङ्क्रमणमुक्त भएको जानकारी दिदै यसवीचमा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको र योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको सख्या ८ हजार ९४५ पुगेको जानकारी दिएको छ।