बिहिबार, बैशाख २०, २०८१

कांग्रेसको बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समूह निर्माण

काठमाडौं जेठ १८
नेपाली कांग्रेसले बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समूह निर्माण गरेको छ । कोभिड उपचारका उपकरणहरुको पुनःनिर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरु एवम् आवश्यक व्यक्तिहरुलाई देशव्यापीरुपमा दुइ बुँदे निःशुल्क सेवाको उद्देश्यका साथ कांग्रेसले‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गरेको हो ।

कोभिड महामारीबाट दैनिकरुपमा बण््दो मृत्युदर संगै नागरिकको रक्षा गर्दै महामारी उपर विजय हासिल गर्न यो अभियानले सहयोग पुग्ने कांग्रेसको विश्वास लिएको पार्टी प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएके विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा देशभरका अस्पताल, स्थानीय स्वास्थ संस्थाहरु अथवा होम आइसोलेसनमा रहेका संक्रमितले प्रयोग गरिरहेको उपकरणहरुमा कुनैपनि प्रकृतिको प्राविधिक समस्या देखिए तिनको निःशुल्क मर्मत र समाधान गर्ने र उपकरण सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई माध्यमबाट प्रशिक्षित गर्ने गरी अभियान सञ्चालन गर्ने उल्लेख गर्दै स्वास्थ्य उपकरण सहजीकरण अभियान’ अन्र्र्तगत इ हरिराम दवाडीको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय रेस्पोन्स टिम र अभियानलाइ प्रदेशस्तरमा संयोजन गर्न ७ वटै प्रदेशमा अलगअलग टिम समेत गठन गरिएको उल्लेख गरिएको छ ।